यस्तो रहने छ आजको मौसम !

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।यसैगरी, हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।त्यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

माओवादी स्थायी कमिटी बैठक सर्‍यो