बंगलादेशका प्रधानमन्त्री रहमानले दिए शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई

काठमाडौँ 

फागुन २६ गते,

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री रहमानले साेमबार राति सामाजिक संजालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा समेत गर्नुभएकाे हाे । नेपाली नागरिकको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको सामर्थ्य यो निर्वाचनले झल्काएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले बंगलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गर्नुभएकाे हाे । प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्य विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।

बंगलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । आन्दोलनपछि गत माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएपछि रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।