सप्तरी १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी

राजविराज 

फागुन २४ गते,

सप्तरी १  मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी विजयी भएकी छिन्। उनले ३८ हजार १९५ मत ल्याएका हुन्। चौधरीका प्रतिस्पर्धी स्वाभिमान पार्टीका उम्मेदवार सुमित कुमार ३० हजार ३४८ मतान्तरले पराजित भएका  हुन् ।

सुमित कुमारले सात हजार ८४७ मत ल्याएका छन् । तेस्रो नम्बरमा नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सात हजार ६५२ मत प्राप्त गरेका छन् ।