एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्समा बार्षिक खेलकुद कार्यक्रम सम्पन्न, विद्यार्थीसंगै अविभावक सहभागी

तारकेश्वर नगरपालीका ९ स्थीत एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्स मन्टेश्वरीको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । 


फागुन २९ र ३० गते विद्यालयको प्रांगणमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीहरु सहित अविभावकहरु समेत सहभागी भएका थिए । 

खेलकुद कार्यक्रमको उदघाटन गदै तारकेश्वर प्याब्सनका अध्यक्ष तथा एन्जल हार्ट स्कुलका प्रधानाध्यापक धनबहादुर पुनले विद्यार्थीहरुको पढाईमा अभिरुची बढाउन खेलकुदले सहयोग पुग्ने बताँउदै प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो । 


विद्यालयले बार्षिक खेलकुद प्रतियोगितामा सहभागी अविभावकहरुलाई समेत प्रतियोगितामा सहभागी गराएको थियो । पुरुष अविभावकहरुलाई दौड र महिला अविभावकहरुलाई म्याराथनमा सहभागी गराएको थियो । 

दुई दिन चलेको प्रतियोगितामा विद्यार्थीहरु बिच डौड प्रतियोगिता, सामुहीक खेलकुद, कबर्डी, लगायतका खेलकुदहरुमा प्रतिष्पर्धा गराइएको थियो । 

कार्यक्रमको समापन गदै विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले प्रतियोगिताले विद्यार्थीहरुलाई उत्साहीत बनाएको बताँउदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गर्नुभएको थियो । 


कार्यक्रममा सहभागी अविभावकहरुले विद्यालयले आफना बालबालीकाहरुसंगै खेलकुदमा सहभागी गराएकोमा विद्यालयलाई धन्यवात दिंदै खुसी व्यक्त गरेका थिए । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

जीतपुरसिमरा गोल्डकपमा आर्मी विजयी