प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाण्डौ पुतलीसडक स्थित प्राञ्जल एजुकेशन कन्सलटेन्सीले आफ्नो ११औं वार्षिकउत्सव समारोह सम्पन्न गरेको छ ।

आफ्नै कार्यालयमा एक कार्यक्रम गर्दै प्राञ्जल एजुकेशनले कन्सल्टेन्सी व्यवसायीसँग आफ्नो स्थापनाको अवसरमा खुशीयाली साटेको हो । कार्यक्रममा कन्सल्टेन्सीसम्वद्ध विभिन्न संघसंगठनका नेता तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विगत एकदशक देखि प्राञ्जल एजुकेशनले आएल्स,पिटी कक्षाहरुको संचालनसँगै उच्च अध्ययनका लागि विभिन्न मुलुकहरुमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेको छ ।

समारोहमा कन्सल्टेन्सीका म्यानेजिंग डिरेक्टर वासुदेव दाहाले सबैको सहकार्य र सहयोगले संस्थाले स्थापनाको सुखद एक दशक पार गरेको बताउंदै सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

माओवादी स्थायी कमिटी बैठक सर्‍यो