दुर्घटनामा मोटरसाइकल चालकको मृत्युपछि बनेपामा सडक अवरुद्ध, टिपरमा आगजनी

बनेपा 

फागुन ६ गते,

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपामा स्थानीयले टिप्परमा आगजनी गरेका छन्।

विरोधमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गर्दैै टिप्परमा आगजनी गरेका हुन्। स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस प्रहार गरेको छ। 

बागमती प्रदेश ०१ ००४ क ३४२३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले दुःख पाएका छन्।