विद्यार्थी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएकी छन्।

प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन्।

मनिकाको टाउकोमा चोट छ।

खेलकूदमा सहभागी हुने विषयमा शिक्षकले भनेको नमानेको भन्दै विष्टले मनिकामाथि कुटपिट गरेको आरोप छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो