राष्ट्रिय सभाको निर्वाचन तयारी पूरा
काठमाडौँ
माघ ९ गते,
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
त्यसैगरी आयोगले फागुन २१ गते सम्पन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको कार्यतालिका अनुसार विभिन्न काम सम्पन्न गरेको छ ।
मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्य सञ्चालन भएका छन्।
