मौद्रिक नीति समीक्षापछि सेयर बजारमा उत्साह, ८ मिनेटमै ७४ अंकले बढ्यो नेप्से

मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले सेयर बजार प्रभावित हुने कुनै निर्णय नगर्दा आज सेयर बजारमा हरियाली छाएको छ । कारोबार सुरु भएको ८ मिनेटमा नैं बजार परिसूचक नेप्से  ७४.०८  अंकले वृद्धि भएको छ ।  मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले मार्जिन लोन (सेयर धितो कर्जा)  मा कडाइ गर्नसक्ने बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर कारोबारमा रोक लगाउन सक्नेलगायत चर्चा चल्दा लगानीकर्ता त्रसित बनेका थिए । 

तर मौद्रिक नीति समीक्षाले उक्त कुनै नीतिगत व्यवस्था नगर्दा आज सेयर बजारमा सुरुवाति समयमा हरियाली छाएको छ । 

नेप्से करिब ३ प्रतिशतले वृद्धि हुँदा अन्य र लघुवित्त उपसमूहको सूचक ४ प्रतिशत माथिले बढ्दा बैंकिङ र बिमाको उपसूचक पनि उल्लेख्य बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा २६ करोड ६१ लाख ६२ हजारको कारोबार भएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो