सप्तरीमा भगवान कृष्ण माथि अभद्र टिप्पणी गर्ने युवकलाई ४ घण्टाभित्र कारवाहीको माग, प्रशासन टेरेनन
राजविराज
पुष १० गते,
सप्तरीमा हिन्दु धर्मावलम्बीहरुको आस्था रहेको कृष्णप्रति अभद्र टिप्पणी गरेको भन्दै कारवाहीको माग गरिएको छ । कुनै एक पोष्टमा हिन्दुहरुको भगवान कृष्णमाथि स्थानीय अफरोज आलम नामक युवकले अभद्र र गैर धार्मिक टिप्पणी गरेपछि उनलाई कारवाहीको माग गरिएको छ । राजविराजस्थित रहेको राष्ट्रिय बजरँग दलले अफरोज आलमलाई ४ घण्टाभित्र कारवाही गर्न माग गरेका थिए । यद्यपी अहिलेसम्म उनलाई पक्राउ नगरिएको जनाइएको छ ।
एक पोष्टमा आलमले भगवान कृष्णलार्ई उदृत गर्दै १६१०८ सँग सहवास गरेको, लागेको समय, दिनसँग गुणाभाग गरी अभद्र टिकाटिप्पणी गरेका थिए । फेसबुक कमेन्टमा गरिएको सो टिप्पणी समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाहीको माग गरिएको छ ।
धार्मिक भावनामा ठेस पुर्याउने अभिव्यक्तिमाथि तत्काल कारबाहीको माग गर्दै संगठनले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएको हो। संगठनले शान्तिपूर्ण तर निर्णायक कार्यक्रममार्फत दबाब बढाइने जनाएको हो ।
