बार्सिलोनाको रोमाञ्चक जित

कप्तान cको प्रभावमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो । 

खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा मेस्सी बार्सिलोनाका लागि बराबरी गोल फर्काए । 

६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ गोलको अग्रता बनायो । 

७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा ल्याए ।

८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । पराजित बेटिस ३० अंक जोडेर सातौं स्थानमा छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो