एमालेकाे निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान पुस १ मा
काठमाडौँ
मंसिर २८ गते,
नेकपा (एमाले)को ११औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाअनुसार आइतबार बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ। सोमबार बिहान ८–९ बजेसम्म नामावलीउपर दाबी/विरोध तथा ९ः३० बजे त्यसको सूचना प्रकाशन गरिनेछ।
सोमबार १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। त्यसैगरी, सोही दिन बिहान ९–१२ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गरिनेछ। आयोगका अनुसार मंगलबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ।

