रौतहटमा कार र ट्रक जुध्यो, एक जनाको मृत्यू दुई गम्भिर
काठमाडौँ
मंसिर २६ गते,
रौतहटमा बिहानै ट्रक र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक आज बिहान भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० बर्षिय एक वृद्धको मृुत्यु भएको छ।
बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक(अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ८ः०० बजे ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना परेर कारमा सवार बारा निजगढका करिब अन्दाजी २५–३० वर्षका चालक दिनेश थपलिया र चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन् ।
दुर्घटनाबाट क्षतिग्रस्त कार र ट्रकलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ भने घाईतेहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।
