सप्तरीको बरमझियामा बस र ट्र्क ठोकिंदा एकको मृत्यु १ दर्जन घाइते
राजविराज
मंसिर १९ गते,
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा बिहिवार राती बस र ट्र्क एकआपसमा ठोकिंदा १ जनको मृत्यु भएको छ भने १ दर्जन यात्रु घाइते भएका छन् । जनकपुरबाट काकडभिट्टा तर्फ जादै गरेको मधेश प्रदेश ०२-००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई उक्त दुर्घटना भएको हो । दुर्घट्ना हुदा बसमा सवार ५५ जना मध्ये एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । दुर्घटनामा नाम थर वतन नखुलेको अन्दाजी बर्ष ५० को पुरुष ब्यक्तीको मृत्यु भएको प्रहरीले बताएका छन् ।
घाइते हुनेमा बस चालक महोत्तरी बर्दिवास न.पा. १२ बस्ने बर्ष ३५ को प्रबिन कुमार विश्वकर्मा, महोत्तरी जलेश्वर न.पा. ४ बस्ने वर्ष ५४ जेगेन्द्र झा, सुनसरी हरिनगरा ग.पा. ४ बस्ने बर्ष ३१ को शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गा.पा. ६ बस्ने बर्ष २३ को सोनु राम, झापा बुद्धशान्ती गा.पा. १ बस्ने टिका देबी दुलाल,
सर्लाही पर्सा गा.पा. ६ बस्ने बर्ष ४० को मनोज कुमार साह, मोरङ सुन्दर हरैचा न.पा. ४ बस्ने वर्ष २७ की कृतिका कोईराला रहेका छन् ।
यसैगरी भारत जि. मधुवनि सुजातपुर न.पा. ११ बस्ने अं. बर्ष ३२ को मो. सहिद, भारत ऐ. बस्ने बर्ष १२ को अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ बस्ने बर्ष अं. २२ को अनिस कुमार शर्मा, भारत जिल्ला सितामाडी भिठामोड ४ बस्ने वर्ष २४ को सुभान्सु कुमार झा, भारत सिरखण्डी भिठा गा.पा. ६ बस्ने वर्ष ७३ की शान्ती देवी घाइते भएका छन् ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वको प्रहरी टोली खटी घाइतेहरुको उद्वार गरी अस्पताल पठाएको थियो । घाइतेहरुको ठेलिया स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि विराटनगर पठाएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी काफ्लेले जानकारी दिए।
बस दुर्घटना स्थलमै रहेको तथा ट्रक इलाका प्रहरी कार्यालय कंचनपुरमा ल्याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चलाक फरार रहेकोले खोजी कार्य भइ रहेको डिएसपी काफ्लेले बताए ।
