मेलम्ची खानेपानी आयोजनाकाे मुहानमा जारी अवराेध हटाउन सहमति

काठमाडौँ 

कार्तिक २६ गते,

मेलम्ची खानेपानी आयोजनाकाे मुहानमा पाँच दिनदेखि जारी अवरोध हट्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार राति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण हुँदै आएको अवरोध हटाउन आन्दाेलनरत संघर्ष समितिका प्रतिनिधि सहमत भएकाका हुन् । 

सहमतिपत्रमा हस्ताक्षरसँगै विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार राति १५ बुँदे सहमति भएपछि स्थानीयले पानी अवरोध अन्त्य गर्न सहमत भएका हुन् ।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विवाद समाधान भएकाे हाे ।

मेलम्चीवासीसँग सरकारले गरेको पूर्वसम्झौता कार्यान्वयन नगरेको भन्दै २० कात्तिकदेखि काठमाडौं ल्याइएको पानी स्थानीयवासीले अवरुद्ध पार्दै आएका थिए । जसका कारण काठमाडौंकाे खानेपानी वितरणमा समस्या भइरहेको थियो ।