नेकपाको प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदर्शनका कारण काठमाडौंमा चल्ने सवारी–साधन अस्तव्यस्त बनेको छ ।

नेकपाले आज काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी अस्तव्यस्त बनेको हो । जसका कारण नागरिकलाई समेत सास्ती भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी–साधनलाई सभागृहमोड र पद्यमोदयबाट आउने–जाने व्यवस्था मिलाइएको छ ।

रणोद्धीपबाट भोटाहिटीतर्फ आउने–जाने सवारी–साधनलाई डाइभर्सन, भोटाहिटीबाट जमल हुँदै घन्टाघरतर्फ आउने सवारी–साधनलाई तीनधारा पाठशाला हुँदै महेन्द्र सालिकतर्फ पठाइएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका