कन्टेन्ट क्रियटरलाई टिकटकले पैसा बाड्ने

युवावर्गमा लाेकप्रीय एप्लिकेसन टिकटकले प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने भएको छ । टिकटकले राम्रो ‘कन्टेन्ट क्रियट’ गर्ने प्रयोगकर्तालाई प्राेत्साहन गर्न उक्त याेजना लागु गरेकाे जानकारी प्राप्त भएकाे छ ।

याप मार्फत राम्रो कन्टेन्ट बनाउने प्रयोगकर्तालाई त्यसमा आएको ‘भ्यूज र कमेन्ट’का आधारमा पैसा दिने भएको हो । त्यसका लागि अमेरिकामा २ सय मिलियन डरको कोष खडा गरेकाे कम्पनीले बताएकाे छ ।

राम्रो कन्टेन्ट बनाउने प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले योजना ल्याइएको टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले जानकारी दिएका छन् । प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बारे भने कम्पनी माैन छ ।

पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन्। यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको अनुमान छ। नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता छन्।

यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ । सीएनएनले दिएकाे जानकारी अनुसार याेजना हालका लागि संयुक्त राज्य अमेरीकामा मात्रै लागु हुने छ ।

विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ

अफिम र ५ किलो चरेस सहित महिला पक्राउ