जनकनन्दनीका वडा अध्यक्षको निधन

धनुषामा जनकनन्दनीका वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।
५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।
तस्वीर स्रोत- इन्टरनेट
आफ्नो प्रतिक्रिया दिनुहोस्