तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको रोक हटाइयो (प्रेस विज्ञप्ति)
काठमाडौँ
असोज ३१ गते,
तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउनेगरी लगाइएका रोक हटाइएको छ । गत २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो ।
सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । दवाडी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक हुन् । उनी सातवटै प्रदेशका विभिन्न कार्यक्रममा जानपर्ने भएपछि ७ दिनका लागि रोक हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
दुवाडीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत पाँच जनालाई उपत्यका छाड्न रोक लगाइएको थियो ।


