मधेस प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले दिए राजीनामा
जनकपुर
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभामा सम्बोधनगर्दै राजीनामा दिएको जानकारी गराएका छन् ।जेन-जी आन्दोलनको क्रममा २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएका मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंह नेतृत्वको सरकारलाई आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो।
पार्टीले पटक–पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको दाबी गरेका छन्।
आफ्नो पार्टी जनमत र सहयोगी दल कांग्रेस र एमालेले विश्वासघात गरेको उनले आरोप लगाए ।
