चाडपर्व लक्षित सीजीको ‘साना घरायसी उपकरण’ अभियान, भियतनाम ट्रिप र हिरो स्पलेन्डर बाइकसम्म

काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्निचर सिरिज अन्तरर्गत साना घरायसी उपकरण मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।

‘भित्र्याऔँ खुशी र समृद्धि’ भन्ने मुल सन्देशका साथ सीजीले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दै आएको छ ।

सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउँदै आएको छ। चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुशी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको हो। यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको समिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउनेछ।