प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश दिने

प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको २०७७ पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई  आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

इन्स्योरेन्सले सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन