सुनचाँदीको भाउ बढ्यो

 अघिल्ला दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउमा मंगलबार ‘ब्रेक’ लागेको छ ।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९२ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन