यो वर्षको अन्त्यसम्म पनि कोरोनाविरूद्ध ‘हर्ड इम्युनिटी’ हुँदैन: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२१ को अन्त्यसम्म पनि कोरोनाभाइरसविरूद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध क्षमता)  विकास नहुने बताएको छ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सोमबार जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै धनी मुलुकहरूले धमाधम कोरोनाको भ्याक्सिन लगाउन थालेको भए पनि हर्ड इम्युनिटी विकास नहुने बताइन्।

‘सन् २०२१ मा हामी कुनै पनि प्रकारको पपुलेसन वा हर्ड इम्युनिटी हासिल गर्न सक्दैनौं,’ उनले भनिन्,’कुनै देशको पकेट एरियामा त्यस्तो हर्ड इम्युनिटी बने पनि संसारभरिका मानिसलाई यसले जोगाउन सक्दैन।’

आममानिसले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र हात धुने कुरालाई निरन्तरता दिनु पर्नेमा उनले जोड दिइन्।  

वैज्ञानिकहरूले रातदिन मेहनत गरेर कोरोनाभाइरसको भ्याक्सिन बनाउनु प्रशंसनीय भएको उल्लेख गर्दै स्वामिनाथनले भ्याक्सिन लगाउन भने समय लाग्ने बताइन्।

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका