अमेरिकाले गर्यो प्रधानसेनापतिको प्रशंसा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा गत साताको दुखद घटनाक्रमपछि शान्ति-सुरक्षा पुनर्बहाली भएकोप्रति खुसी व्यक्त गरेको छ ।
अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न चाहेको समेत बताएको छ ।
दूतावासको विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूले प्रजातान्त्रिक समाधानका निम्ति प्रतिबद्धता प्रस्तुत गरेको भन्दै सराहना गरिएको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उच्च प्रशंसा गरिएको छ ।
