विद्यार्थीले जलाए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको पुत्ला

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् ।

उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।

आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो ।

विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन