मधुमेहराेगी भारतीयकाे मृत्यु काेराेनाकाे आशंका

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भएको छ । मुटु र मधुमेहसमेतका बिरामी उनलाई शनिबार राति ८ बजे गण्डक अस्पताल ल्याइएको थियो ।

अस्तपताल भर्ना भएका उनको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाे थियाे । आइतबार बिहान सात बजेतिर मृत्यु भएको कुरा अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

डाक्टर सिंहले जनाएअनुसार, बिहान मृत्यु भएका उनकाे भर्ना गर्दा नै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसपछि अक्सिजन दिएर राखिएकाे थियाे । राति स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा पनि राख्यौं । कोरोना परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने अस्पतालको तयारी छ ।

अहिले उनको शव अस्पतालमै राखिएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

अफिम र ५ किलो चरेस सहित महिला पक्राउ

ठूलो परिणामको लागुऔषधसहित दुई युवा पक्राउ