रञ्जन काेइरालाका रिहाइ प्रकरणमा पुनरावलाेकन

सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने फैसलामा पुनरावलाेकन हुने भएकाे छ । सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनको तीन जना न्यायाधीशले सुनुवाइ गर्ने भएका हुन् ।

न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले आइतबार उक्त मुद्दाको सुनुवाइ गर्ने सर्वोच्च अदालतले जनाएको छ।

कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियाे । सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियाे ।

कोइरालाले पत्नी गीताको हत्यापछि प्रमाण लुकाउन शव जलाएको देखिएपछि सर्वस्वसहित जन्मकैदको फैसला भएकाे थियाे । काठमाडौँ जिल्ला अदालतकाे फैसलामा ललितपुर पुनरावेदन अदालतले सदर गरेको थियो।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन भएर रहने छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उनको कैद सजाय घटाउने फैसला गरेको थियो ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

अफिम र ५ किलो चरेस सहित महिला पक्राउ