काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो ।

माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।