सिड्नीविरुद्ध सन्दीपको १ विकेट

बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि सिड्नी थन्डरविरुद्ध एक विकेट लिएका छन् ।
यो विकेटसँगै सन्दीपको बीबीएलमा यो सिजन तीन खेलबाट चार विकेट भएको छ । सिड्नीविरुद्ध होबार्टले टस जितेको बलिङ गरिरहेको छ । सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए । दोस्रो र तेस्रो खेलमा एक-एक विकेट लिए ।
आजको खेमला सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चे । लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ । १९ अंक जोडेको सिड्न दोस्रो स्थानमा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्