सुरक्षा निकायक भन्छन्: वैशाखमा निर्वाचन मुस्किल

सरकारको निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाखमा निर्वाचनको मिति घोषणा गरेको भए पनि सुरक्षा निकायले भने वैशाखमा निर्वाचन मुस्किल भएको अनौपचारिक निष्कर्ष निकालेको छ ।

संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । 

प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्गठन हुन नसक्ने सार्वजनिक दाबी गर्दै आएका छन् भने पूर्वप्रधानन्यायाधीशलगायत कानुन व्यवसायीले संविधानले संसद् विघटनको परिकल्पना नगरेको दाबी गर्दै आएका छन् । 

यसको अन्तिम फैसला भने हुन समय लाग्ने देखिएको छ ।

अदालतबाट संसद् विघटन सम्बन्धीसरकारको निर्णय बदर भए राजनीतिक घटनाक्रम फरक ठाउँमा जाने निष्कर्ष सुरक्षा निकायले निकालेको छ । 

सर्वोच्चको फैसलाअनुसार राजनीतिक घटनाक्रमले नयाँ मोड लिने सुरक्षा निकायको निष्कर्ष छ ।

अहिलेकै अवस्थामा भने वैशाखमा चुनाव सम्भव नभएको निष्कर्ष उनीहरुको छ ।

सुरक्षा अधिकारीहरु भन्छन्,“प्रधानमन्त्रीले निर्वाचन गर्ने भने पनि त्यो सम्भावना वैशाखमा छैन । दोस्रो अदालतले के गर्छ भन्ने हेर्न बाँकी छ । त्यसबाहेक ४ महिनामा निर्वाचनको सुरक्षा तयारी गर्न कठिन देखिन्छ । निर्वाचन गर्ने भन्ने कुरा राजनीतिक दलको आमसभा गर्नेजस्तो होइन । विधि र पद्धतिमै लामो समय लाग्छ ।”

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन