पीएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो

मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अर्जेन्टाईन प्रशिक्षक पोचेटिनोलाई पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको बताएको छ ।
पीएसजीले आफ्नो अफिसिय साइडमा पोचेटिनोलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको बताएको हो ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
पोचेटिनो गत सिजन प्रिमियर लिग क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो । पोचेटिनोले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्