दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडाै । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो ।  

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार ट्रकको ढोकामा च्यापिएकोे अवस्थामा भेटिएको थियो ।

उनलाई क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाइते भएका परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।  

मृतक अन्सारीको घटनास्थल तथा शव जाँच प्रकृतिको कार्य सम्पन्न गरी पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

अरनिको राजमार्गमा जगातीबाट सूर्यबिनायकतर्फ आउँदै गरेको जनाइएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन