प्रतिनिधिसभा बैठक बोलाउन सभामुखलाई जसपाको आग्रह

काठमाडौं । संसद्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले प्रतिनिधिसभा जिवितै रहेको ठहर गरेको छ ।

बिहीबार प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारमा भेटेर बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, नेता लक्ष्मणलाल कर्ण लगायतको टोलीले भेटिरहेको छ ।

उनीहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यता सभामुख सापकोटाले पनि बुधबार एक विज्ञप्तीमार्फत प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो