भोजपुरी फिल्म उद्योगको नयाँ ‘स्टार’का रुपमा अभिनेत्री शिल्पा पोखरेल

काठमाडाै । नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्ने भ्एकी छन् ।

फिल्महरू ‘जय शम्भु’ र ‘प्रेम गीत २’मा उनको अभिनय रहने भएको छ ।

नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन् ।

भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी वर्ल्डवाइड रेकर्ड्स भोजपुरीले उनलाई नेपालको ‘सुपर स्टार’ भएको जनाउँदै शुभकामना व्यक्त गरेको छ ।

त्यस्तै भारतीय पोर्टल जी न्यूजले पनि शिल्पालाई भोजपुरी फिल्म उद्योगको नयाँ ‘स्टार’का रुपमा व्याख्या गरेको छ ।

भलै उनले गरेका फिल्महरूले समीक्षात्मक एवं व्यवसायिक हिसाबमा सफल छैनन् ।

फिल्महरू लज्जा, विरंगना, फागु, हवल्दार सुन्तलीलगायतमा काम गरेकी छिन् ।

तर, ती फिल्मले उनलाई स्‍टारका रुपमा स्थापित गरेको भने छैन ।

उनको डेब्यु रहने ‘जय शम्भु’मा कलाकारहरू प्रदीप पाण्डे, देव सिंह, धुव्र कोइराला, अनूप अरोरा, आकांक्षा दुबे, कालू राणा, कृष्णा महतो, ताइसन साजन, बिनोद कुमार लगायतको अभिनय रहनेछ ।

फिल्मलाई सोनू खत्रीले निर्देशन गरेका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो