नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ३ प्रतिशतले घट्याे

काठमाडाै । नेपाली सेयर बजारमा साताको दोस्रो दिनमा सेयर कारोबार उच्च अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक कारोबारको पहिलो घण्टा चलिरहँदा ५८.०३ अंकले अर्थात् ३ प्रतिशतले घटेको हो ।
क वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि २.९३ प्रतिशत अर्थात् १०.८४ अंकले ओरालो लागेको छ ।
११ः३४ बजेसम्म १ सय ५८ कम्पनीको १५ लाख २९ हजार कित्ता सेयर किनबेच भएकाे छ ।
अहिलेसम्म ९ हजार ४ सय ९७ पटक खरिदबिक्री भएको छ भने १ अर्ब ७ करोडको सेयर किनबेच भएको छ ।
अहिलेसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० करोडको र पुनर्बीमा कम्पनीको १३ करोडको कारोबार भएको छ ।
आइतबार प्रतिनिधिसभा विघटन भएसँगै राजनीतिक असर सेयर बजारमा देखिएको हो ।
यसअघि उछाल आइरहेको सेयर बजार हिजो पनि उच्च अंकले गिरावट आएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्