प्रतिनिधिसभा विघटनको विरोधमा देशैभर प्रदर्शन

काठमाडाै । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

विपक्षी राजनीतिक दल र तिनका भ्रातृ संस्थाहरूबाट मात्र नभई सत्तासीन दल नेकपाकै नेता–कार्यकर्ताबाट सबैभन्दा बढी प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएका नेता–कार्यकर्ताले सरकार र राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको भन्दै आलोचना गरेका छन् ।

दुईतिहाइ जनमत प्राप्त सरकारले संसद् विघटन गरी जनादेशको अपहेलना गरेको आरोप लगाएका छन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा युवाले प्रदर्शन गरेका छन् ।

नेकपासम्बद्ध जनवर्गीय संगठनमा आबद्ध युवाहरूले प्रधानमन्त्रीले गरेको संसद् विघटनविरुद्ध नारा लगाए ।

उनीहरूले निकालेको प्रदर्शन चौबिसकोठी परिक्रम गरेर कोणसभामा परिणत भएको थियो ।

सभामा उपस्थित युवाहरूलाई सम्बोधन गर्दै युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले संसद् विघटन गरेर ओली सरकारले निरंकुशता लाद्न खोजेको बताए ।


संसद् विघटनको विरोधमा आइतबार नुवाकोटमा पनि सत्तारुढ नेकपाका कार्यकर्ताले र्‍याली निकाले थिए ।

नेकपा नुवाकोटको आयोजनामा भएको र्‍यालीमा सहभागीहरूले प्रधानमन्त्री ओलीले संसद् विघटनको असंवैधानिक कदम चालेको भन्दै भत्र्सना गरे ।

विज्ञप्ति जारीपछि नेकपा मकवानपुरले विरोध र्‍याली निकालेको छ ।

प्रचण्ड–नेपाल पक्ष सहभागी र्‍यालीमा प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाइएको थियो ।

र्यालीलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सिग्देलले प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरेको आरोप लगाइन् ।

‘सयौँ वर्ष राज गरेको राजतन्त्रलाई त फाल्ने सामथ्र्य राख्ने नेपाली जतताले एकजना व्यक्तिलाई फाल्न बेर लगाउँदैनन्,’ उनले भनिन् ‘प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रको विवादको विषयलाई सामना गर्न नसक्दा गलत निर्णय लिए ।’ 

संसद् विघटनको विरोधमा जनकपुरधाममा जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेको छ ।

नेकपा र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता–कार्यकर्ताले बारामा टायर बालेर प्रदर्शन गरेका छन् ।

संसद् विघटनको विरोधमा उनीहरूले बाराको कलैयामा विरोध प्रदर्शन गरेका हुन् ।

संसद् विघटन असंवैधानिक भएको भन्दै नेविसंघ लमजुङ र युथ कांग्रेस नेपाल लमजुङले आइतबार साँझ लमजुङमा विरोध प्रदर्शन गरेका छन् ।

संसद् विघटन गरेको भन्दै रसुवामा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले संयुक्त रूपमा पुत्ला जलाएका हुन् ।

संसद् विघटनको विरोधमा सिराहामा विरोध प्रदर्शन भएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध जनताले विरोध जनाएका हुन् ।

सदरमुकाम सिराहाको हेमनारायण चोकबाट निकालिएको विरोध र्‍याली इमली चोक, पस्पल चोक, महावीर चोक, सहिद राजेश ठाकुर पार्क हुँदै कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सांसद यादवले प्रधानमन्त्रीको संसद् विघटनसम्बन्धी असंवैधानिक कामको विरोध र संविधानको रक्षाका लागि जनता सडकमा आउनुपर्ने बताए । 

Like Share on Social media
  •  
  •  
  •  
  •  

प्राञ्जल एजुकेशनले मनायो ११औं वार्षिकउत्सव

काठमाडौं आइपुगे विप्लव

आजदेखि खुल्यो रसुवागढी नाका