‘दुलही सम्झेर’ बुद्धिसागरको नयाँ गीत सार्वजनिक

काठमाडौं । दुलही सम्झेर’बुद्धिसागरको नयाँ गीत सार्वजनिक भएको छ ।
वरिष्ठ लोक दोहोरी गायक तथा कुशल सर्जक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलही सम्झेर’ सार्वजनिक भएको हाे। ।
म्युजिक भिडियोसहित सार्वजनिक गीतमा बस्याललाई स्वरमा गायिका देवी घर्तीले साथ दिएकी छन् ।
एक नारायण भण्डारीको शब्द र बीबी अनुरागीको एरेन्ज गीतमा रहेको छ ।
गीतको भिडियोमा दुर्गेश थापा र इस्तु कार्कीको अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा दुर्गेश र इस्तु नवविवाहित जोडीको रुपमा प्रस्तुत भएका छन् ।
गत तिजमा ‘चस्मा लाएर’ गीत ल्याएका बस्यालका बाजेका पालामा, छमछम पाउजुले, डाँफे नाचेर, बुढेस कालैमा लगायतका दर्जनौं गीत हिट छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्