बन्दाबन्दी खाेल्ने सरकारी निर्णय अपरिपक्व

कोरोनाभाइरस संक्रमण रोकथामका लागि ११ चैतदेखि लागू गरिएको बन्दाबन्दी सरकारले आजबाट खुला गरेको छ । तर, सरकारले कोरोना संक्रमणको जोखिम बढिरहेका वेला जनस्वास्थ्यबारे नसोची बन्दाबन्दी खोल्ने निर्णय गरेको विज्ञहरु बताउँछन् ।

शिक्षण संस्था, सभा-सम्मेलन, सिनेमा हल लगायत मानिसहरुको भीडभाड हुने ठाउँ सञ्चालनमा लगाइएको प्रतिबन्ध कायमै छ भने लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान १ भदौदेखि सञ्चालन गर्ने सरकारको निर्णय छ ।

सरकारका प्रवक्ता एवम् तथा मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्‌ले मंगलबार मध्यरातदेखि बन्दाबन्दी खोल्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता डा. खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिशमा बन्दाबन्दी खोल्ने निर्णय गरिएको बताए ।

डा. अधिकारी भन्छन्, “अहिले लक्षण नदेखिएका व्यक्तिहरुमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यसैले अहिले भएको कोरोना जाँचसम्बन्धी मापदण्ड तत्काल परिमार्जन गरेर खुकुलो पार्नुपर्छ, नत्र थाहै नपाई संक्रमण झन् बढ्न सक्छ ।”

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित सरकारले सावधानीका उपाय अवलम्बन नगरी सूचना विना एक्कासी बन्दाबन्दी खोल्ने निर्णय गर्नु त्यति व्यावहारिक नदेखिएको बताउँछन् । “सरकारले बन्दाबन्दी त खोल्नु नै पर्थ्यो, तर कसरी खोल्ने र के के सतर्कता अपनाउने भन्नेमा ध्यान नदिएको पाइयो”, उनी भन्छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इलाइजा विधिबारेको निर्देशिका तयारी पार्ने र परीक्षणलाई अनुमति दिने काम अड्काएर राखेको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म समुदायमा कोरोनाभाइरस फैलिए/नफैलिएको कसरी जाँच्ने भन्नेबारेमा वैज्ञानिक निर्देशिका पनि बनाएको छैन ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट

नक्कली नोट सहित एक युवक पक्राउ