सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण अमेरिकामा

काठमाडाै । सन् २०१८ देखि नेपाली संगीत र फिल्म क्षेत्रका लागि सूर्य कर्पोरेसनले आयोजना गर्दै आएको सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण अमेरिकामा हुने भएको छ ।

आगामी सन् २०२१ मा अमेरिकामा सूर्य इन्टरनेसनल अवार्ड हुनेछ ।

अवार्डको तयारी भने काठमाडौं र नोमिनेसन जापानको टोकियोमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछाने बतारए ।

अवार्डको औपचारिक जानकारी र फर्म खुला पहिलेको संकरणमा झैं काठमाडौंमा गरिनेछ ।

समारोमा संगीततर्फ ६ र फिल्मतर्फ ६ विधा राखिएको छ ।

जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता र सहअभिनेत्री समावेश छ ।

यस्तै संगीततर्फ पप, आधुनिक र लोक गरी ६ गायकगायिकालाई समावेश गराइनेछ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

जनकनन्दनीका वडा अध्यक्षको निधन