सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत सार्वजनिक

काठमाडौ । गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको छ ।

निराजन चौधरीको शब्द र अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिएका छन् ।

उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ ।

३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।

अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ ।

सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काले छँयांकन गरेका हुन् ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् ।

यसअघि भोजपुरी तथा मैथली भाषाका ५ वटा गीत सार्वजनिक गरिसकेका हुसेनले पहिलो पटक नेपाली भाषामा गीत सार्वजनिक गर्ने भएका हुन् ।

चलचित्र भावमा तयार भएको “मनले खोज्छ” बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् ।

संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •