चलचित्र ‘लक्ष्मी’असफल भएसँगै अक्षय कुमारको पारिश्रमिक घट्यो

काठमाडौं । कोरोना महामारीकाबीच डिजिटल प्लेटफर्ममा रिलिज गरिएको बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ असफल भएकाे थियाे । 

उक्त चलचित्र फ्लप भएपछि त्यसको प्रत्यक्ष असर अक्षयलाई परेको छ ।

उनले आगामी चलचित्रका लागि आफ्नो पारिश्रमिक घटाएका छन् ।

उनी अब नयाँ चलचित्र ‘बच्चन पाण्डे’ मा काम गर्दैछन् ।

त्यसका लागि निर्माता साजिद नाडियाडवाला र अक्षयबीच सम्झौता भएको छ ।

यसअघि गरिएको सम्झौतामा हेरफेर गर्दै पारिश्रमिक घटाउँदै अर्को सम्झौता गरिएको हो । 

साजिदले जी समूहसँग मिलेर सात वटा चलचित्र निर्माण गरिरहेका छन् ।

जी समूहले साजिदसँग थुप्रै सर्तमा डिल गरेको छ ।

साजिदले पनि जी समूहले गरेको सर्त बमोजिम नै अक्षयसँग सम्झौता गरेका हुन् ।

अब अक्षयसँग यसअघि तय गरिएको पारिश्रमिक घट्नेछ । 

उनले कम्तीमा १०० करोड भारु पारिश्रमिक लिने गरेका छन् ।

त्यसमा चलचित्र हेरेर पारिश्रमिक घटबढ हुन्छ ।

‘लक्ष्मी’ का लागि उनले १२० करोड पारिश्रमिक लिएका थिए । 

यो चलचित्रको छायांकन जनवरीबाट गरिनेछ ।

चलचित्रमा अक्षयसँगै कृति सेनन, अरशद वारसी और जैकलीन फर्नाडिस मुख्य भूमिकामा देखिनेछन् । 

फरहाद सामजीको निर्देशनमा बन्ने यो चलचित्रमा अक्षय एक ग्याङस्टारको भूमिका निभाउँदैछन् ।

चलचित्रमा कृति एक पत्रकारको भूमिका निभाउनेछिन् । 

लकडाउनको समयमा अक्षयले तीन वटा ठूला चलचित्रको छायांकन सकाएका छन्। सुरूमा उनले ‘बेल बटम’ को छायांकन गरेका थिए ।

त्यसपछि यशराजको ‘पृथ्वीराज’ को पनि छायांकन सकाएका थिए । 

अहिले सारा अली खान तथा धनुषको चलचित्र ‘अनरंगी रे’ को छायांकन पूरा गरेका थिए ।

अब चाडैं नै उनी ‘बच्चन पाण्डे’ को छायांकनमा जानेछन् ।

निकट भविश्यमा उनी ‘रामसेतु’, ‘रक्षाबन्धन’ लगायतका चलचित्रमा काम गर्ने छन् ।

उनको एक चलचित्र ‘सूर्यवंशी’ रिलिजका लागि तयार भएको छ । 

Like Share on Social media
  •  
  •  
  •  
  •