कोरोना भाइरसका स‌क्रिय संक्रमितको संख्या घट्यो

नेपालमा सक्रिय संकमितको संख्या उकालो लाग्ने क्रम रोकिएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङबाट प्राप्त भएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १५० जना कोरोना संक्रमित थपिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि हो। यससँगै नेपालमा कोरोना संक्रमित संख्या १७,९९४ पुगेको छ।

कोरोनाभाइरस संक्रमण बाट मुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । नेपालमा पछिल्लो चौबिस घण्टामा ६०९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । सोही कारण सक्रिय संक्रमितको संख्यामा गिरावट देखिएको हो ।

अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।

तत्कालीन अवस्थासम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले दिएको तथ्याङ्क अनुसार कोभिड १९ बाट ६९.३४ प्रतिशत पुगेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नक्कली नोट सहित एक युवक पक्राउ