फिल्म नबन्दै कराेडाैंकाे पुरस्कार

काठमाडौं । निर्माण हुनु अघि नै फिल्म “चिसो वर्ष (अ कोल्ड एअर)”ले करिब १ करोड ३ लाख नेपाली रुपैयाँ बराबरको रकम पुरस्कार प्राप्त गरेको छ । फिल्मको पटकथाको लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

फिल्म चिसो वर्षमा दुई पात्रहरुको हिमाली भेग यात्राको कथा समाविष्ट छ । टर्कीको इस्तानबुलमा आयोजित “टिआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब”ले उक्त पुरस्कार प्रदान गरेको हो ।

फिल्मलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् । यो “अन्तर्राष्ट्रिय सह–निर्माण”का लागि फिल्मलाई प्रदान गरिने आर्थिक अनुदान हो ।

लगभग तीन वर्ष अघि फिल्म कालो पोथीको निर्देशन गरेर चर्चामा रहेका निर्देशक मीनबहादुर भाम अब नयाँ फिल्म “चिसो वर्ष” को तयारीमा जुटेका छन् ।

निर्देशक मीनका अनुसार, फिल्मले हिमाली गाउँको कथा भन्नेछ । बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रा समेटिएको छ ।

नेपाल र टर्कीको सह–निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’को गत वैशाखबाट छायांकनमा जाने तयारी निर्देशक भामको थियो । कोरोना कहरका कारण छायाँकंनमा जान वञ्चित रहेको भएपनि फिल्मले पुरस्कार हात पारीरहेको छ । फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट

नक्कली नोट सहित एक युवक पक्राउ