सन्दीप बीबीएल टीम होबर्ट हुरिकेन्समा आबद्ध


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिग (बीबीएल) यसपटक होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

बीबीएलको दशौँ संस्करणको लागि उनी होबार्ट हुरिकेन्समा आबद्ध भएको उक्त फ्रेन्चाइजी टीमको वेभसाइटमा प्रकाशित समाचारमा उल्लेख छ । होबार्ट हुरिकेन्सले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । उनीबाहेक विदेशी खेलाडीको कोटामा हुरिकान्सबाट  इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउल छन् ।

यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । उनले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । स्टार्सबाट दुई सिजन खेल्दा उनले २० खेलमा २६ विकेट लिएका छन् ।

बीबीएलको दशौँ संस्करण १० डिसेम्बरबाट शुरु हुँदैछ ।

६ फेब्रुअरीमा सकिने लिगमा सन्दीप जनवरीदेखि मात्र जोडिने हुरिकेन्सले जनाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) सकेर नेपाल फर्किएपछि उनी अहिले परिवारसँग समय बिताइरहेका छन् ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार उनी डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जानेछन् । परिवारसँग समय बिताउन उनी ढिला गरी मात्र जान लागेको सिवाकोटीले बताए । अष्ट्रेलिया पुगेपछि उनी १५ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

बिग बासमा खेलाडीको अनुबन्ध रकम गोप्य राखिन्छ। यो वर्ष सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन्। यसअघि उनले क्यारेबियन प्रिमियर लिग र आईपीएल खेलिसकेका छन्। तर, यसपटक आईपीएलका लागि भने कुनै पनि खेलमा मैदान उत्रिन पाएनन्।


Like Share on Social media
  •  
  •  
  •  
  •  

कक्षा १२ को परीक्षा आज देखि सञ्चालनमा

बैतडीमा बस दुर्घटना नौ को मृत्यु, ३४ जना घाइते

पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन