शेयर बजार २३ अंकले वृद्धि

काठमाडाै । तिहार विदापछि खुलेको शेयर बजारमा बुधबार फराकिलो अंकको वृद्धि भएको छ ।

पछिल्लो समयमा शेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ ।

नेप्से परिसूचक २३.३२ अंकले बढेर १ हजार ७४२ विन्दु पार गरेको छ ।

 बुधबार दिनभरिमा रू. ४ अर्ब ७९ करोड मूल्यका शेयर किनबेच भए ।

यो औसत कारोबारभन्दा धेरै हो ।

वाणिज्य ब्यांक समूह घटेपनि उत्पादनमूलक, बीमा लगायतका समूहमा उत्साहजनक वृद्धि हुँदा बजारले छलाङ मारेको हो ।

 बुधबार ७२ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्यो । 

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, विशाल बजार कम्पनी, बोटलर्स नेपाल, साल्ट ट्रेडिङ लगायतका कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ ।

बुधबार कयौं जलविद्युत कम्पनीको शेयर मूल्य घटेको छ ।

घलेम्दी जलविद्युतको शेयर मूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ । 

सबैभन्दा धेरै व्यापार समूह ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादनमूलक समूह ६.९४ र निर्जीवन बीमा समूह ४.५१ प्रतिशतले बढेका छन् ।

तर, ब्यांकिङ समूह भने ०.१ प्रतिशतले घट्यो ।

जलविद्युत १.२९ र विकास ब्यांक समूह पनि ०.९९ प्रतिशतले घटेका छन् । 


Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु