कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १४४२ जनामा संक्रमण पुष्टी

काठमाडाै । पछिल्लो २४ घण्टायता नेपालमा १४४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

आजको पीसीआर ६७३१ रहेको छ ।

 नेपालमा हालसम्म १६२३७५४ जनाको नमूना पीसीआर परीक्षण भएको छ ।

यो सँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल क्वारेन्टिनमा ९१० जना रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८८७८ जना सक्रिय संक्रमित छन् ।

  आज ३५३८ जना निको भएका छन् ।

यससँगै हालसम्म १८२७८० जना संक्रमित निको भएका छन् ।


Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु