मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलित

काठमाडाै । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मंगलबार वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय समीर नेपालीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्करबाट एक बालककाे मृत्यु भएकाे थियाे ।

मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु आन्दोलित भएका छन् ।

बालकलाई उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

मृतकका बुवा मनोज नेपालीले प्रहरी कार्यालयको गेटमै ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले पहिचान गर्न नसकेकाले दवाव दिनका लागि आन्दोलन सुरु गरिएको बताए ।

‘ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक नगर्दासम्म आन्दोलन रोक्दैनौं,’ उनले भने, ‘बिहीबारबाट आन्दोलन थप कडा गछौं।’

मृतकका आफन्तले ठक्कर दिनेको पहचान र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुधबार विहानैदेखि प्रदेश राजधानीका सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु