मैत्रीपूर्ण खेलः इंग्ल्याण्डको शानदार जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्याण्डले आयरल्याण्डमाथि शानदार जित हात पारेको छ ।

१७ वर्षीय जुड बेलिङघहमले डेब्यु गरेको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३-० ले हरायो ।

वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।

खेलको १८औं मिनेटमा ह्यी मग्युएरको गोलबाट इंग्ल्याण्डले अग्रता बनाएको थियो ।

३१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले इंग्ल्याण्डको लागि तेस्रो गोल गरे ।

इंग्ल्याण्डले जित हात पार्दा युवा खेलाडी बेलिङघमले डेब्यु गरे ।

उनी खेलको ७३औं मिनेटमा मासोन माउन्टको स्थानमा मैदान प्रवेश गरेका थिए ।

१७ वर्ष १३७ दिनको हुँदा अन्तर्राष्ट्रिय खेल खेलेका बेलिङघम इंग्ल्याण्डबाट खेल्ने तेस्रो कान्छो खेलाडी समेत बने ।

यसअघि थिओ वाल्कोट र वायन रुनीले मात्र उनीभन्दा कम उमेरमा इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित