अलिबाबाले तोड्यो विश्व रेकर्ड, एकैदिन ८८ खर्बको व्यापार गर्दै

काठमाण्डाै । चीनको इ कमर्स कम्पनी अलिबाबाले एकैदिन ७४ अर्ब डलर रुपैयाँको व्यापार गरेको छ ।

नोभेम्बर ११ अर्थात सिंगल ‘डे’ को अवसरमा अलिबाबाले ४ सय ९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो ।

यो रकम नेपालीमा रुपान्तरण गर्दा ८८ खर्ब रुपैयाँ हुन आउँछ ।

जुन नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको दुई गुणाभन्दा धेरै हो ।

अलिबाबाले एकैदिन गरेको ७४ अर्ब डलरको व्यापार अहिलेसम्म कुनै पनि कम्पनीले एकै गरेको व्यापारमध्ये सबैभन्दा धेरै रहेको निकेइ एसियाले जनाएको छ ।

नोभेम्बर ११ लाई अलिबाबाले सिङ्गल ‘डे’ को रुपमा व्यापार गर्दै आएको छ ।

अलिबाबाले गरेको यो व्यापार पश्चिमा देशमा हुँदै आएको ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै जोड्दा पनि धेरै हुन आउँछ ।

अलिबाबाले सिङ्गल ‘डे’ मा अमेरिकामा मात्रै ५ अर्ब डलरको व्यापार गरेको छ ।

अलिबाबाबाट सामान किन्नको लागि बुधबार बेलुका हरेक सेकेन्डमा ५ लाखभन्दा धेरै अर्डर प्राप्त भएका थिए ।

अलिबाबाले गएको वर्षको सिङ्गल ‘डे’ भन्दा यो वर्षको सिङ्गल ‘डे’ मा २६ प्रतिशत धेरैको व्यापार गरेको  जनाएको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

सेयर बजारको परिसूचक ऐतिहासिक उचाइमा